आमा नै सन्तानको पहिलो गुरु
सकिना बेलाल
नारीहरु अल्लाहका एक खास वरदान हुन् । नारी ती हुन् जसले एउटा छोरीदेखि पत्नी र पत्नीदेखि आमाको रुप धारण गर्दछिन् । नारी अल्लाहको प्यारो र अमूल्य पुरस्कार पनि हुन् । यिनीहरुको स्थान न त कसैले ओगट्न सक्छ, न त झेल्न नै । नारी संसारको सुन्दरताको एउटा आँखा हुन् । नारी हजरत आदम (अलै.) र हौवा (अलै.) बाहेक हरेक मानिसकी आमा हुन् । त्यसैले यिनको इज्जत सबैभन्दा माथि छ । नारीलाई हामीले अल्लाहको वरदान त भन्याँै तर यदि हामीले यिनलाई सही शिक्षा र संस्कार दिएनाँै भने हाम्रो लागि विनासको माध्यम पनि हुन सक्छिन् ।
इस्लाम भन्छ शिक्षा हासिल गर्नु हरेक महिला तथा पुरुषका लागि अनिवार्य छ । साथै एउटा भनाई छ– “एउटा महिला शिक्षित भए पुरा समाज शिक्षित हुनेछ ।” शिक्षा त दिइएला तर कस्तो ? के एउटी महिलाले मात्र धेरै पढेर पुरुष सरह परिवारको जिम्मेवारी लिने शिक्षा आर्जन गर्नु काफी छ ? कदापी होइन, हामी आफ्नो छोराछोरीलाई संसारिक शिक्षा दिनुको साथै इस्लामिक शिक्षा पनि दिनुपर्छ । संसारमा इस्लामिक शिक्षाभन्दा राम्रो कुनै शिक्षा छैन जसले नारीको जीवनलाई सुन्दर बनाउन सक्छ ।
जतिले इस्लामिक आस्था (अकिदा), अमल, आमाबाबुको सेवा, पति–पत्नीबीचको अधिकार, सन्तानको पालन–पोषणको नियमहरु र घरायसी कामकाजको बानीको विकास हुन सक्छ त्यति शिक्षा नारीलाई दिनुपर्छ । घरमा संस्कारको माहोललाई यति सफा राखौ कि उनीहरुको दिमाग शैतानको खेलबाट सुुरक्षित रहोस् । उनीहरुलाई यस्तो तरिकाको शिक्षा र संस्कार दिआँै कि उनीहरु इस्लामिक नारी, इस्लामिक आमा, इस्लामिक पत्नी, इस्लामिक घर र खानदानको उत्तम मालिक्नी बन्न सकुन् । उनीहरुको हृदयमा आखिरतको ख्याल यसरी आओस् कि जतिसुकै कठिन परिस्थितिमा पनि आफ्नो धर्मको पछ्यौरी हातबाट नछुटाउन् । यदि कुनै पनि बाबु आमाले यस्तो गरेनन् भने अवश्य पनि नारी विनासको माध्यम हुनेछिन् ।
महिलाको लागि इस्लामिक ज्ञान यति मात्र होइन कि उनीहरुलाई कुरआन हदिस र केही कुराहरु याद होस् । उनीहरु आलिमा, फाजिला होउन् । बल्कि इस्लामिक ज्ञान यो कुरालाई दर्शाउँछ कि पुरुषलाई जस्तै महिलालाई पनि नियम कानुन र तरिका सिकाइयोस् जसलाई एउटा उदाहरणको रुपमा लिन सकियोस् ।
हजरत अबु मूसा अश्अरी (रजि.) ले आफ्नी छोरीलाई आदेश दिनुभयो कि उनीहरु आफ्नो हातले कुर्बानी गरुन् । जबह गर्ने समयमा आफ्नो खुट्टा जनावरको ढाडमा राखुन् र बिस्मिल्लाह अल्लाहु अकबर पढेर जबह गरुन् । (सहि बुखारी)
अल्लाह तआलाले एउटी आमालाई बच्चाको गाँस, बास र कपासयुक्त बनाएका छन् र यो जिम्मेवारी उसको बाबुलाई दिएका छन् ताकि उसले आफ्नी पत्नी र बच्चाहरुको आवश्यकतालाई पुरा गर्न सकोस् । आमालाई आफ्नो घरको कोठरीमा बसेर आफ्नो पतिको सेवा र सन्तानको रेखदेख गर्ने जिम्मा दिएका छन् किन कि आफ्नो परिवारको आवश्यकताको भारी बोक्न निस्केको बाबुलाई यो कुराबाट स्वतन्त्रता मिलोस् कि मेरो घरको सुरक्षा कसले गर्ला ? मेरा प्यारा बच्चाहरुको रेखदेख कसले गर्ला ? भोकमा आउँदा खाना बनाएर दिने काम कसले गर्ला ? यसरी पति पत्नी आ–आफ्नो जिम्मेवारीलाई अनुशासित पूर्वक निभाउँदै गए भने ती बच्चाहरु अवश्य पनि समाजको आँखाको नानी हुनेछन् र भविष्यमा यसै अनुसार सन्तानको पालनपोषणमा आमाको भूमिका महत्वपूर्ण रहेको छ । आमाको काख नै बच्चाको पहिलो छहारी हो जहाँ उसले आँखा खोल्छ । उसको सारा संसार आमाको माया र ममता नै हुन्छ । आमाको मुस्कान र ममताको न्यानो हात नै उसको शरण हुन्छ । आमाको छाती उसको लागि पोषण युक्त खाना हुन्छ । जब ऊ हिडडुल गर्न थाल्छ तब बाबुको गाँस, बास कपासको जिम्मेवारी थपिदै जान्छ । त्यस्तै आमाको काख उसको पहिलो विद्यालय हुन्छ जसबाट उसको शिक्षाको शुरुवात हुन्छ । बच्चाको दिमाग यो समयमा एकदम खाली हुन्छ जसमा जे लेखिदियो त्यहि नै सुरक्षित रहन्छ ।
यहि कुरालाई नबी (स.) ले भन्नुभयो,“प्रत्येक बच्चा इस्लाममाा जन्मन्छ तर उसका बुबा–आमा उसलाई इसाई, यहुदी, मजुसी (आगो पुज्ने) बनाइदिन्छन् ।” (सही बुखारी )
यदि एउटी आमाले सन्तानलाई इस्लामको सही संस्कार सिकाइन् भने त्यो कोखमा खेल्ने बच्चा पनि सच्चा मुस्लिम हुन्छ । त्यसैले एउटी नारीलाई इस्लामिक शिक्षाले भरिपूर्ण बनाउन जरुरी छ जसबाट एउटा पूरा खानदानलाई नै इस्लामको साचोमा ढाल्न सकियोस् । खानदानलाई इस्लाममा ल्याउनु भनेको आफ्नो समाजलाई नै सुधार्नु हो किनकि खानदानबाट निस्केको शिक्षा नै पुरा समाजमा फैलिन्छ ।
यसरी हर खानदानबाट ठूलावडा, आमा, बुवाले आफ्नो सन्तानको सही तरबियत गरे भने अवश्य पनि समाजमा सुधारको शुरुवात हुन्छ यो शर्तमा कि घरकी हरेक महिला एक शिक्षिका हुन् । इतिहासमा एउटा अचम्मको कथा रहेको छ जसमा एउटी आमाले गलत संस्कार दिएको कारण ऊ आफै हानीमा पुगेकी थिइन् । एउटा चोरलाई अदालतले हात काट्ने सजायँ सुनायो । जब सजायँको समय आयो तब चोरले ठूलो स्वरमा भन्यो कि मेरी आमालाई बोलाइदिनुहोस् । जब उसकी आमालाई बोलाइयो तब त्यो चोरले आफ्नी आमालाई भन्यो– आमा आँ.. गर्नुहोस् त । जब उसकी आमाले आँ.. गरिन् तब त्यो चोरले आफ्नी आमाको जिब्रो काटिदियो । सबैजनाले सोधे, “तिमीले यस्तो किन ग¥यौ ?” चोरले भन्यो– “म बाल्यकालमा हुँदा गाउँमा अण्डा, आँप लगायत विभिन्न खानेकुरा चोरेर ल्याउँथँे अनि मेरी आमाले भन्नुहुन्थ्यो अहो ! मेरो छोराले कति राम्रो सामान ल्याएछ । त्यो समय मेरी आमाले मलाई सम्झाउनु भएन । न त यो भन्नुभयो कि यो सामान जहाँबाट ल्याएको हो त्यहीँ राखेर आऊ । यदि त्यो दिन म मार्गदर्शन पाउथँे भने मलाई यो दिन देख्नु पर्ने थिएन ।”
त्यसैले सन्तान बिग्रनु र सप्रनुमा एउटी आमाको ठूलो हात हुन्छ । भनाई छ, एउटा बाउ बिग्रे परिवार मात्र बिग्रन्छ तर संस्कारबाट टाढा भएकी आमाद्वारा सारा वंश नै खराब बन्न सक्छ । हरेक बुबा–आमामा आफ्नो छोरछोरीको सफलताको सपना हुन्छ । उनीहरु पूmल जस्तो पूmलेर चारैतर्फ सुगन्धित भएको देख्ने मन हुन्छ । त्यसैले हरेक मुसलमान यो दुआ गरोस्, “रब्बी हब्ली मिनस् सालिहिन” हे मेरा रब ! मलाई सभ्य सन्तान प्रदान गर । हरेक मुसलमान आफ्नो सन्तान ज्ञानी, नामी, असल र सभ्य भएको हेर्न चाहन्छ किन कि मुसलमान भएको नाताले उसमा यो विश्वास हुन्छ कि नेक बच्चा आखिरतको लागि फाइदा र सदक–ए–जारियाका माध्यम हुन् । यदि यही सन्तान बिग्रिए भने आफ्नो घर गाउँमा मात्र नभएर समाजलाई नै विकृतिमा ल्याउन सक्छन् र आमाबाबुको नजर सधै झुकाउन बाध्य बनाउँछन् । सन्तानलाई राम्रो तरबियत नदिएको आधारमा कुरआनले यिनलाई कही दुश्मन घोषणा गरेको छ भने कहीँ परीक्षा समाग्री । कुरआनमा उल्लेख गरिएको छ,“हे आस्थावानहरू हो ! तिमीहरूका केही पत्नीहरू र केही सन्तानहरू तिमीहरूका शत्रु हुन् । अनि तिनीहरूका साथ सावधानीसँग बस । र, यदि तिमीहरू तिनीहरूलाई माफ गर्छौ, छोडिदिन्छौ र क्षमा गर्छाै भने अल्लाह अत्यन्त क्षमाशील एवं परम दयालु छन् । तिमीहरूका सम्पत्ति एवं सन्तान परीक्षा सामग्री हुन् र अल्लाहकहाँ महान् प्रतिदान रहेको छ ।” (कुरआन ६४ः१४–१५)
त्यसैले नबी (स.) ले यो परीक्षा सामाग्रीबाट बच्नको लागि र सन्तानलाई सही प्रशिक्षण गर्नको लागि इस्लामिक शिक्षालाई जोड दिनुभएको छ । वर्तमान समयमा पुरुषलाई भन्दा पनि एउटी महिलालाई शिक्षित बनाउन अति आवश्यक छ किन कि आजका छोरीहरु भोलि कसैको घरकी मालिक्नी हुन् । त्यो घरलाई सजाउन सिंगार्न उनको हातमा हुनेछ । तर अफ्सोच ! आजका आमाहरु सजाउन त सजाउछन्, सिगार्नमा पनि पछि पर्दैनन्, तर तरिका हेर्दा अफ्सोच नै हुन्छ । बच्चा जन्मन्छन, मुखमा अल्लाहको कृतज्ञाको लागि न माशाअल्लाह छ न अल्हम्दुल्लिाह छ । बच्चा संसारमा आउने बित्तिकै मोबाइल निस्किन्छ, त्यसपछि सेल्फी, अनि क्य ऋगतभ द्यबदथ भन्दै संसारमा प्रदर्शित, डब्बाको दुध हाजिर हुन्छ । अब बच्चाको नाम राख्नु परेमा न्ययनभि गर्न सुरु हुन्छ । यदि कुनैै विद्वान व्यक्तिले अब्दुल्लाह, अब्दुर्रहमान जस्ता नाम लियो भने ती नामहरु आउट हुन्छन् । सानैदेखि छोरीलाई छोटो छोटो कपडाद्वारा सजाइन्छ अनि छोरालाई कहिले क्गउभच ःबल कहिले क्उष्मभच ःबल अनि जब बच्चा रुन थाल्छ तब उसको अगाडि गाना बजाएर राखिन्छ । जसको नतिजाले भविष्यमा आमा–बुवालाई नोक्सान पु¥याउने छ ।
यी सबै कार्यहरुको सट्टामा यो हुन जरुरी छ कि एउटी नारी जब आमाको स्थानमा पुग्छे, जब पेट बढ्दै जाँदा उसले नमाज, दुआ र कुरआन पढ्नमा जोड देओस् । सधै सभ्य सन्तानको लागि अल्लाह समक्ष गिड्गिडाओस् । बच्चा उसको कोखमा खेल्नासाथ इस्लामको प्रभाव परोस् । आमाको तर्फबाट बच्चाको लागि जुन लोरी हुन्छ त्यो उसको लागि इस्लाम कै गित बनोस् । सही तरिकाले अजान र अकामतका साथ अकिका गर्दै उत्तम नाम राखोस । आफ्नो छातीको पोषणयुक्त दुध पिलाओस । जब बच्चा बोल्ने आवस्थामा पुग्छ तब आमा, बाबा भन्दा पहिला अल्लाहको कल्मा उसको मुखबाट निकाल्ने कोशिस गराओस् । जब हिड्डुलको अवस्थामा पुग्छ राम्रो संगतको साथीहरुसंग मिलजुल कायम गराओस् । नमाज र रोजाको आदेश देओस् । अनि सबैभन्दा जरुरी इस्लामिक शिक्षातर्फ प्रेरित गरोस् । यो नै सन्तानका लागि सुनौलो पुरस्कार हुनेछ ।
आज संसारमा जति पनि विद्वानहरु निस्के सबै आफ्नी आमाको माया, ममता र बलिदानले गर्दा भएका थिए । इमाम शाफई, आल्लामा इब्ने तैमिया, इमाम युुसुफ, इमाम गजाली, शेख सअदी र हाफिज इब्ने हजर असकलानी (रहमहुमुल्लाहु तआला) जस्ता आलिमेदीन (विद्वान) हरु टुहुरो भएतापनि उहाँहरुको उदाहरण एक शिक्षिका र सभ्य (नेक) आमाको बलिदानद्वारा नै उच्च स्थानमा पुग्न सफल भएका थिए ।
त्यसैले जरुरी यो छ कि कुनै पनि बच्चाको पालनपोषण उसकी असल आमाले नै गरोस् । जसले दुध पिलाउँछिन् उसको असर नै उसको सन्तानमा प्रवेश हुन्छ । सन्तानको विकास र उज्वल भविष्यको लागि एउटी सभ्य नारीलाई रोज्नु अति महत्वपूर्ण छ । पालन पोषणको सिलसिलामा यो कुरा सधै ध्यानमा राखौँ कि कहिले पनि आफ्नो सन्तानलाई गाली नगराँै । कुराकुरामा हप्काउने नगराँै । यतिबेला पनि उसंग रिसाउने नगरौँ । यसो गर्दा बच्चामा गलत प्रभाव पर्न जान्छ । सधै उसंग माया ममता कायम राखौ र आपूm सधै नरम बन्ने कोसिस गरौँ ताकि त्यो बच्चा सही बाटोमा लम्किन पुगोस् ।
अल्लाहसंग दुआ छ कि अल्लाहले हामी सबै नारीलाई दीनको सही ज्ञान दिउन् र जन्नतको बाटोलाई सजिलो बनाइदिउन् । आमीन् !