के मूर्ति र तस्वीरहरुको पूजा गर्न सकिन्छ?

के मूर्ति र तस्वीरहरुको पूजा गर्न सकिन्छ?

प्रश्नः प्रश्न गर्नेहरु यस्ता प्रश्नहरु पनि गर्छन कि एउटा मानिस एउटै ईश्वरलाई मान्छ, तर के ऊ त्यस ईश्वरको मूर्ति वा फोटोको पूजा गर्न सक्दैन ?

उत्तरः यस्तोईश्वरको पूजा गर्नुभन्दा पहिलेउनीहरुले मेरा केही प्रश्नहरुको उत्तर दिऊन् ।

१. के ईश्वरको मूर्ति वा तस्वीरलाई पूजा गर्नेहरुले वास्तवमा ईश्वरलाई कहिल्यै देखेको छन् ?

२. पुजा गर्नेहरु त परै जाऊन्, के वास्तवमा स्वयं मूर्तिकारहरुले कहिल्यै ईश्वरलाई देखेको छ ?

जसलाई आँखाले कहिल्यै देखेकै छैन उसको तस्वीर वा मूर्तिको रुप दिनु कहाँसम्म उचित हुनसक्छ ? यो वास्तवमा ठूलो झुठ र धोखा हो ।

इस्लामी आस्था अनुसार अल्लाहलाई न त कसैले देखेको छ र न यस संसारमा कसैले देख्न सक्छ। इस्लाम अनुसार जुन ईश्वरलाई हामीले देखेकै छैनौँ र न यस संसारिक आँखाले देख्न सक्छौँ भने उसलाई आफ्नो कल्पना र इच्छानुसार तस्वीर र मूर्तिको आकार दिनु झुट मात्र नभइ जघन्य पाप हो र यो पाप चोरी तथा हत्या भन्दा पनि ठूलो हो । इस्लामले यो पनि भन्छ कि ईश्वरलाई मूर्तिको रुप दिनु उनीमाथि आक्षेप एवं आरोप हो जुन अक्षम्य पाप हो ।

नास्तिकहरु यो भन्छन् कि मानिसहरुले ईश्वरलाइ आफ्नो इच्छानुसार बनाएका छन् । वास्तवमा यी मूर्ति तथा तस्वीरहरु ती नास्तिकहरुको भनाइलाई सही साबित गर्दछन् । जसरी नास्तिक हुनु अक्षम्य पाप हो त्यसरी नै तस्वीर र मूर्ति बनाएर त्यसको पूजा गर्नु पनि अक्षम्य पाप हो ।

यो ढुङ्गा र जहाँबाट यो ढुङ्गा लिइयो त्यो चट्टान, ती पहाड र धर्ती जसले पहाडी क्षेत्रलाई ओगेटेको छ, सौर्यमण्डल जसभित्र यो पृथ्वी छ र सौर्यमण्डल जस्ता लाखौं–करौडौं तारामण्डल हरुको सृष्टिगरेर सबैलाई आ–आफ्नो कक्षमा घुमाइ राख्ने शक्तिशाली ईश्वरसँग एउटा सानो ढुङ्गालाई साझेदार बनाउनु, के यो सही छ ? के यो न्यायसंगत छ ?

यसै कारण इस्लामको यो आस्था सत्य छ कि अल्लाहसँग कसैलाई साझेदार बनाउनु अक्षम्य पाप हो ।कुरआनको भनाइ छ–“आफुसँग कसैलाई साझेदार बनाउने कार्य (शिर्क)लाई अल्लाहले कदापि क्षमा गर्ने छैनन् तर यसबाहेकका अन्य पाप जसको लागि चाहनेछन् क्षमा गर्नेछन् ।” (कुरआन ४ः४८)

“निस्सन्देह अल्लाहले शिर्क (आफुसित कसैलाई साझेदार बनाइने पाप) लाई कदापि माफ गर्ने छैनन् । तर यसबाहेकका अन्य पाप जसको लागि चाहनेछन् क्षमा गर्नेछन् ।” (कुरआन ४ः११६)

अल्लाहसँग कसैलाई साझेदार बनाउनु किन अक्षम्य पाप हो ? यसलाई बुझ्नका लागि मूर्ति तथा तस्वीर बनाउनेहरुको कार्यमाथि विचार गर्नुहोस् कि उसले ईश्वरको मूर्ति र तस्वीर कसरी बनाउँछ ? उनीहरुले मानवीय रुपमा ईश्वरको हात, खुट्टा र अनुहार बनाउँछन्, ईश्वरको चारदेखी आठ र सोरह वटासम्म हाथ बनाउछन् । आफ्नो सोच अनुसार ईश्वरको काल्पनिक तथा झुठो तस्वीरहरु बनाउने गर्छन् । यसैगरी भारत र नेपालका केही ईश्वरहरुको हातमा हतियार राखिएको पाइन्छ । विचार गर्नुहोस, ईश्वर शक्तिशाली छन् भने उनलाई हतियारको आवश्यक्ता किन ? आफ्नो सुरक्षाका लागि वा अरुलाई मार्नको लागि ?

सत्य ईश्वरको विशेषता त यो हुन्छ कि उनी जे चाहन्छन् त्यो आफैं हुन्छ । यस्ता ईश्वरको हातमा हतियार राख्नु के ईश्वरलाई कमजोर मान्नुको प्रमाण होइन र ?

केही मानिसहरु महिलाहरु लाई ईश्वर मान्न थाल्छन्, अनि उनीहरुको मूर्ति र तस्वीर बनाउँदै उनीहरुको विशेषागंहरु लाई पनि प्रष्ट र जाहेर गरी बनाउँछन् । के यस्तो लज्जास्पदकार्य अक्षम्य पाप होइन ?

भारतको इतिहासमा एउटा यस्तो घटना पनि भएको छ कि एउटा चित्रकारले शाही परिवारसँग सम्बन्ध राख्ने आफ्नो प्रेमिकाको मूर्ति बनाएर उसलाई संसार सामू एउटा ईश्वरको रुपमा प्रस्तुत गर्यो । एउटा मानिसको प्रेमिका लाई ईश्वर मान्नु र त्यसको पूजा गर्नु कतिसम्म हास्यस्पद हो ? यसरी ईश्वरको अपमान गरियोस् र तस्वीर तथा मूर्ति बनाएर त्यसैलाई ईश्वर भनियोस् भने के वास्तविक ईश्वर(अल्लाह) रिसाउनुहुन्न र ?

यदि कसैले तपाईको मूर्ति यसरी बनाओस् कि तपाईको तीनवटा हात, पाँचवटा टाउको र आठवटा खुट्टा होस् र तपाईलाई भनोस् कि यो तपाई नै होभने तपाईलाई कति रिस उठ्छ ? तपाई जन्मिएर फेरी मरिजाने मानव हो र तपाईको आफ्नो तस्वीर वा प्रतिमाकुरुप बनाइयो भने तपाईलाई उठ्छ भने अलिकति विचार गर्नुहोस कि जो ईश्वर आदी देखि अनन्त सम्म छन्, उसको न जन्म र न मृत्यु छ, उनलाई यस संसारमा न कसैले देखेको छ र न देख्न सक्छ, जो सर्वशक्तिमान छन् र एक्लै सम्पूर्ण ब्रह्माण्डलाई सञ्चालन गरिरहेका छन्, यस्तो अल्लाहको काल्पनिक तस्वीर वा प्रतिमा बनाएर भनियोस् कि यही नै ईश्वर हुन् भने के उनी क्रोधित हुदैनन् ? के यस्तो पाप क्षमायोग्य हुन सक्छ?

कुरआनको नेपाली अनुवाद सुन्न चाहनु हुन्छ क्लिक गर्नुहोस

DiscoverIslamNp

DiscoverIslamNP is specifically for Islamic education. The best way to provide authentic Islamic education through DiscoverIslamNP is to adapt to the will of Islam. The main goal of this site is to quench the thirst for Islamic knowledge and offer the right solution to various religious Problems.

Leave a Reply