प्रश्नः केहि मानिसहरु भन्ने गर्छन् कि हामी आफ्नो ध्यान र मानसिक एकाग्रतासाथ पूजा र अराधनाको लागि ईश्वरको मूर्ति बनाई त्यसको पूजा गर्छाैं ?
उत्तरः हजारौँ वर्षदेखि मुस्लिमहरु यो कुरा प्रमाणित गर्दै आएका छन् र अहिले पनि गर्दैछन् कि यो अत्यन्तै गलत अवधारणा हो । संसारभरी सय करोड भन्दा बढि मुस्लिमहरु पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म सबै ठाउँमा पूर्ण एकाग्रता साथ बिना कुनै मूर्ति राखि नमाज पढ्छन र अल्लाहलाई याद गर्छन् । यस कारण मूर्ति राखेर पूजा गर्दा नै मानसिक एकाग्रता कायम हुन्छ भन्ने अवधारण गलत हो ।
समुद्रको बीचमा डुङ्गा चलिरहेको होस् अकास्मातआँधीले त्यसलाई आफ्नो घेरामा लेओस् र सबै मानिसहरु डुबेर मर्ने अवस्था आएको आभास होस् र त्यतिबेला डुङ्गामा कुनै मूर्ति तथा तस्वीर नहोस् भने यस्तो अवस्थामा मूर्तिपूजकहरुले के गर्नेछन् ? के त्यतिबेला बिना कुनै मूर्ति र तस्वीर एकाग्रताका साथ ईश्वरलाई पुकार्ने छैनन् र ? र के पूर्ण एकाग्रताका साथ उनको शरण माग्ने छैनन् र ?
कैयौँ देशहरुको इतिहास र पूराणहरुको अध्ययनबाट थाहा हुन्छ कि ठूला–ठूला ऋषिमूनीहरुले बिना कुनै मूर्ति र तस्वीर एकान्तमा बसेर ईश्वरलाई याद गर्ने गर्थे र उनको उपासनामा लागि रहन्थे । त्यसैले मूर्ति वा तस्वीर भए मात्र मानसिक एकाग्रताका हुन्छ भन्नु एकदम गलत हो ।