के ईश्वर दुई वटा छैनन् ?

के ईश्वर दुई वटा छैनन् ?

प्रश्न न.२: मेरो इस्लाम धर्ममा आस्था नराख्ने मित्रहरु मसँग सोध्ने गर्नु हुन्छ कि एउटै ईश्वरमाथि किन आस्था राख्ने ?
उत्तरः ईश्वरमाथि आस्था राख्ने कुरा के फुलको बट्टा हो वा कुनै अरु वस्तु कि एकबाट अपुग भएकोमा अरुलाइ पनि अंगाल्ने? ईश्वरको बारेमा यस्तो कुरा गर्नु त्यस्तै हो जसरी आफ्नो इच्छा अनुसार कुनै कुरालाई त्याग्ने र अंगाल्ने हो । ईश्वरको बारेमा अंगाल्ने र अपनाउने जस्ता शब्दहरु आफैमा आस्थाको विरुद्ध हो । इमानको अर्थ नै हुन्छ आस्था र विश्वास गर्नु कि जगदाता, अन्नदाता, र सारा संसारको सृष्टिकर्ता मात्र एक अल्लाह हुनुहुन्छ ।
नास्तिकको यो कुरा कि ईश्वर मानिसको मनको उपज हो साथै एक–दुई–तीन ईश्वर वा अनेकेश्वरवाद जस्ता कुराहरु पनि नास्तिकको अर्को रुप हो । अलिकति हामी उनीहरुको बारेमा विचार गरौँ जो दुई–तीन ईश्वरमाथि आस्था राख्ने गर्छन र यिनीहरुले आफ्नो ईश्वरको शक्तिलाई व्यक्त गर्नका लागि मनमा उब्जिएका कथाहरुलाइ बताउने गर्छन्, फेरी उनीहरुबीच वादविवाद हुन्छ र एकले अर्कोलाई तल र कमजोर देखाउनका लागि पुराणहरुलाई जन्म दिन्छन् जुन मानिसहरुको सोचभन्दा धैरै टाढा हुन्छ ।
यस्ता पनि पुराणहरु छन् जसमा एक ईश्वरलाई अर्कोसँग झगडा गरिरहेको बताइन्छ । रणभूमिमा ईश्वर–ईश्वरबीच युद्धभइरहेका जस्ता कथाहरु बताइन्छ । र त्यस्ता कथाहरुमा एउटा ईश्वर बलियो भएर विजेता बनेको हुन्छ भने अर्को पराजित भएको हुन्छ । फेरी एकले अर्कोलाई तल पार्नका लागि अश्लिल कथाहरु बनाइन्छ । आपसमा वार्तालाप हुन्छ जसको परिणाम स्वरुप दुबै भक्तहरुबीच भैm–झगडादेखी काटमार समेत हुन्छ ।इतिहास यसको साक्षी छ । भारतको इतिहासमा शिव र विष्णुलाई मान्नेहरुबीच खुबै झैँ–भगडा भएको थियो र अहिले पनि हुनेगर्दछ ।
विष्णुमाथि आस्था राख्नेहरुले विष्णुवामानाजनको शिष्य कुरातालुवानको दुइवटै आँखा निकाली दिएका थिए र शिवा धर्मको शास्त्र अनुसार विष्णु र शिवाबीचको झगडामा निरुनावकर्सर नाम गरेको व्यक्ति विष्णुबाट शिव बनेको थियो । त्यसैले उसलाई एउटा ठूलो ढुङ्गामा बाँधेर जिउँदै समुद्रमा फ्याँकियो । यसरी नै इतिहासमा यो पनि पाइन्छ कि नानसम्बन्द्र नामक राजाको युगमा विष्णुको आठ हजार अनुयायीहरुलाई फांसी दिइयो ।
यस प्रकारको इतिहास र कथाहरुलाई एउटा साधारण व्यक्तिले पढेपछि उसको मनमस्तिष्कले नास्तिक हुने सम्मको निर्णय गर्न खोज्दछ । उसले भन्छ,“ न त मलाई ईश्वरको खाँचो छ र न धर्मको नै ।” यसरी ऊ नास्तिक हुन पुग्छ । धर्ममा दुई–चारवटा ईश्वर मान्नेहरुले आफ्नो ईश्वरको बारेमा प्रेम विवाह, छोरा–छोरी जन्माउने जस्ता मनघडन्ते इतिहासको रचना गर्छ जसको परिणाम यो हुन्छ कि ईश्वरलाई मानिसको स्वरुप बनाई आफु जस्तै बुझिन्छ र मानिन्छ ।
कतिपय मानिसहरु त आफ्नो ईश्वरको बारेमा यहाँसम्म भन्छन् कि उनमा धेरै सहवास गर्ने बानी थियो, यति मात्र होइन कामासुत्र जस्ता कार्यसँग ईश्वरको सम्बन्ध जोड्छन् र यो कुरा पनि उल्लेख गरिएकोछ कि उनीहरु कामासुत्र जस्ता कार्य गर्दथे । फेरी यसको परिणाम यो भयो कि ईश्वरलाई एउटा महान् शक्तिको विपरित एउटा तुच्छअस्तित्वकोरुपमा परिचित गरायो । कतिपय मानिसहरु ईश्वरको बारेमा यस्ता कामासुत्रका कथाहरु पढेपछि यो सोच्छन् कि के ईश्वर यस्तै हुन्छन्? के ईश्वरका गुणहरु यस्ता हुन्छन् ? ईश्वर त यस्तो हुन सक्दैन ? र यसरी ऊ यो भन्दैनास्तिक बन्न पुग्छ कि मलाई यस्तो तुच्छ ईश्वरको खाँचो छैन ।
एउटाईश्वर मान्नेहरुमा नास्तिकहरु जन्मिदैन, बर्षायाममा भ्यागुता जन्मिए जस्तैनास्तिक त अनेकेश्वरवादमा जन्मिन्छ । इस्लाम जसले एकेश्वरवादको कुरा गर्छ, त्यसले अल्लाहको अस्तित्व र गुणहरुको बारेमा एकदमै सफा र सम्माननीय अवधारणा प्रस्तुत गर्दछ ।
सारा प्रशंसाहरू अल्लाहकै निम्ति छन् जो सम्पूर्ण जगत्का ‘रब’ हुन् । (कुरआन १:१)
जो अत्यन्तै करुणामय र परम् दयालु छन । (कुरआन १:२)
जो बदला दिइने दिनका मालिक हुन् । (कुरआन १:३)
उनी सर्वश्रोता एवं सर्वद्रष्टा छन् । (कुरआन ४२:११)
उनीहरूले भने—“अल्लाहले छोरो बनाएका छन् ।” (होईन) उनी पवित्र छन् । बरु आकाशहरू एवं धर्तीका सबै चिजहरू उनैका हुन् र सबै उनका आज्ञाकारी हुन् ।(कुरआन २:११६)
उनै (अल्लाह) हुन् जसले तिम्रालागि धर्तीका सम्पूर्ण वस्तुहरू सृष्टि गरे । (कुरआन २:२९)
केवल तिम्रो उच्चतम तथा महानतम् पालनकर्ताको मुहार (अस्तित्व) बाँकी रहनेछ । (कुरआन ५५:२७)
उनीमनका कुराहरू पनि जान्दछन् । (कुरआन ३९:७)
निस्सन्देह अल्लाह प्रत्येक चिजको सामथ्र्य राख्दछन् । (कुरआन १६:७७)
भनिदेऊ–“अल्लाहबाहेक आकाशहरू तथा धर्तीमा रहेका कोही पनि परोक्षको ज्ञाता छैन र तिनीहरूलाई कहिले उठाइन्छ भन्ने कुरा तिनीहरू जान्दैनन् ।” (कुरआन २७:६५)
अल्लाहले कुनै जातिलाई मार्गदर्शनपश्चात् जुन कुराहरूबाट तिनीहरू बच्नुपर्छ ती कुराहरू प्रष्ट नपारेसम्म त्यो जातिलाई पथभ्रष्ट गर्नु उनको नियम होइन । निस्सन्देह अल्लाह सम्पूर्ण चिजका ज्ञाता छन् । (कुरआन ९:११५)
यिनीहरू जब कुनै अश्लील कार्य गर्छन् तब यिनीहरू भन्दछन्– “हामीले आफ्ना पूर्वजहरूलाई यस्तै गर्दै आएको पाएका छौं र अल्लाहले नै हामीहरूलाई यस्तो गर्ने आदेश दिएका छन् ।” भनिदेऊ– “अल्लाह कदापि अश्लिलताको आदेश दिंदैनन् । (कुरआन ७:२८)
अल्लाह तिम्रोलागि सुविधा चाहन्छन्; तिमीहरूलाई कष्टमा पार्न चाहँदैनन । (कुरआन २:१८५)
अल्लाह तिमीहरूलाई शान्तिगृह तर्फ बोलाउँछन । (कुरआन १०:२५)
यस्ता सम्माननीय शब्दहरु पढदा अचेल हाम्रो हृदयमा अल्लाहको डर जन्मेर आउँछ र भक्त अल्लाहको सामु सिर झुकाउन बाध्य हुन्छ ।सम्माननीय अल्लाह र सम्माननीय भक्त, दुबै भावना उत्पन्न भएर आउँछ ।
एउटा भक्तले आफुलाई त्यतिबेला आदरणीयमहसुस गर्छ जब उसले पूजा गर्ने ईश्वर आदरले भरीपूर्ण होस् । ईश्वर एक मात्र हुनु नै सत्य हो, त्यसैले हामी पनि आस्था राख्छौँकि ईश्वर एक मात्र छन् ।

 

DiscoverIslamNp

DiscoverIslamNP is specifically for Islamic education. The best way to provide authentic Islamic education through DiscoverIslamNP is to adapt to the will of Islam. The main goal of this site is to quench the thirst for Islamic knowledge and offer the right solution to various religious Problems.

This Post Has 2 Comments

  1. Ibrahim bk

    Allahu akbar
    Hjr ko kitab padhera mn lai dherey sukun milyo r aru sathi haru lai padhavna ko lagi copy gari facebook ma haleko xu inshaAllah yo padhera koi din e islam sang jodinxa

Leave a Reply