के अवतार ईश्वर  हुन् ?

के अवतार ईश्वर  हुन् ?

प्रश्नः ईश्वर मानवीय रुपमा अवतार लिएर आउँछन् भन्ने गरिन्छ । केयो दृष्टिकोण सही हो ?

उत्तरः अवतारको अवधारणाले ईश्वरको शक्तिलाई कम गर्दछ र उनको अपमान गर्छ । यो यसरी कि सत्कर्मी मानिसको संरक्षणका लागि तथा कुकर्मी मानिसलाई उनीहरुको पापको सजायँ दिनका निम्ति उनलाई पृथ्वीमा आउनु पर्यो । ईश्वर त अवतार बिना पनि यस्तो गर्न सक्छन् वा पृथ्वीमा केहि असल मानिसलाई शक्ति दिई ती कुकर्मीहरुको विनाश गर्न सक्छन् । यसको सट्टा उनलाई आफै पृथ्वीमा मानवरुप धारण गरेर आउनुको के अवश्यकता ? अवतारको अवधारणा अनुसार ईश्वर पृथ्वीमा आउनका लागि कुनै महिलाको गर्भबाट जन्मिएर आउछन् । यसरी यो कुरा यस आस्था विरुद्ध जान्छ कि ईश्वरको न जन्म छ र न मृत्यू नै छ ।

यदि ईश्वर मानव रुपमा अवतार लिने कुरालाई स्वीकार गर्ने हो भने उनको जन्म, बाल्यावस्था, युवावस्था, महिलासँग प्रेम र विवाह जस्ता काल्पनिक कथाहरुमाथि पनि विश्वास गर्नुपर्दछ जुन ईश्वरको महानता विरुद्ध छ । यसले उनको शक्तिलाई अपमानित गर्छ । नास्तिक मात्र नभई कहिले काँही ईश्वरमाथि आस्था राख्नेहरुले पनि प्रश्न गर्दछन् कि के ईश्वर पनि यस्तो हुन सक्छन्?

हिन्दू धर्मको पूराणका अनुसार ईश्वरका अवतार रामले वाली नामक व्यक्तिको लुकेर हत्या गरे ।

कृष्णले न्याय कायम गर्नका लागि अन्याय गरे ।

बाइबलका अनुसार प्रेमको सन्देश दिने इसा (अ.) चर्चमा आउँदा कोर्रा लिएर आउँथे ।

यस्ता कार्यहरुको जस्तोसुकै कारण वा स्पष्टीकरण बयान गरेपनि यो प्रश्न रहिरहन्छ कि के ईश्वरले पनि यस्तो गर्न सक्छन् ? यदि हामीले यस सत्यतालाई स्वीकार गर्छौँ कि ईश्वरको न जन्म हुन्छ र न मृत्यु, न उनी मानव रुपमा अवतरित हुन्छन् भने यी सम्पूर्ण आपत्तिहरुबाट ईश्वरको अस्तित्व पवित्र र उत्तम हुनेछ । इस्लामले यसैको शिक्षा दिन्छ ।

इस्लामले यस सन्दर्भमा बयान गर्दछ कि ईश्वर अवतारको रुपमाअवतरण हुदैनन् । बरु उनी मानवहरु मध्येबाट आफ्ना सन्देष्टाहरु चुन्दछन् र उनीहरुलाई मानिसहरुबीच सत्कर्मलाई आम गर्न तथा कुकर्मबाट रोक्न आदेश दिन्छन् । यो कति उत्तम कुरा हो । यसकारण यो आस्था कदापी सही होइन कि ईश्वर मानवीय रुपमा अवतार लिएर धर्तीमा आउँछन् र यो कुरा ईश्वरका महान गुणहरुका लागि न्यायसंगत पनि छैन ।

कुरआनको नेपाली अनुवाद सुन्न चाहनु हुन्छ क्लिक गर्नुहोस

DiscoverIslamNp

DiscoverIslamNP is specifically for Islamic education. The best way to provide authentic Islamic education through DiscoverIslamNP is to adapt to the will of Islam. The main goal of this site is to quench the thirst for Islamic knowledge and offer the right solution to various religious Problems.

This Post Has One Comment

  1. dublaj

    Yours is such an inspirational story, Melissa. The Holy Spirit definitely moves through you! You have such a light. Dottie Kristofor MacCarthy

Leave a Reply