इस्लाम नै किन ? Why Islam Only ?

इस्लाम नै किन ?
फिरोज आलम नइमी
इस्लाम मानव जातीको निम्ति ईश्वरको तर्फबाट आएको धर्म हो । यहि धर्म सर्वप्रथम इशदुत आदम अ.(संसारको पहिलो मानव ) को थियो र यहि धर्म सबै संदेष्टाहरुको पनि थियो । येशु मसिहको धर्म पनि इस्लाम नै थियो र अन्तिम संदेष्टा मुहम्मद (स.) को धर्म पनि इस्लाम नै थियो । पहिलो संदेष्टा आदम (अ.) देखि लिएर अन्तिम संदेष्टा मुहम्मद (स.) सम्म ईश्वरले केही वर्षको अन्तरालमा र फरक फरक ठाउँको लागि दुतहरु पठाए र जीवन बिताउनको निम्ति उनीहरुलाई धर्मग्रन्थ पनि दिएका थिए । तर संदेष्टाहरुको मृत्यु भइसकेपछि मानिसहरुले त्यस ईश्वरइी ग्रन्थमा आफ्ना कुराहरु पनि मिलाएर लेख्न थाले । यसरी ती पुस्तकहरुको अस्तित्व नै मेटियो । त्यसकारण सत्य ईश्वर अल्लाहले अन्तमा सम्पूर्ण मानव जातीको लागि अन्तिम संदेष्टाको रुपमा मुहम्मद (स.) माथि इस्लाम धर्मको पुर्ण संस्करण कुरआनको रुपमा अवतरण गरे । र भने “यस कुरआनलाई अवतरण गर्ने पनि म हुँ र यसको सुरक्षाको जिम्मेवारी पनि म नै लिन्छु” । यस कारण संसार रहुन्जेल ईश्वरइी ग्रन्थ कुरआनमा फेरबदल हुन कुनै शंका र संभावना छैन । यहि कारण हो कि कुरआन अवतरण भएको १४३६ वर्ष भइसक्यो तर त्यसमा अहिलेसम्म एउटा अक्षर पनि हेरफेर र परिवर्तन भएको छैन । त्यसैले अब सम्पूर्ण मानवजातीको सफलता र मोक्ष यसमै छ कि कुरआन र मुहम्मद (स.) को शिक्षालाई अनुसरण गरेर आफनो जीवन यापन गरौं ।
इस्लाम शब्दको अर्थ
इस्लाम अरबी भषाको शब्द हो जसको अर्थ हुन्छ ‘शन्ति,आत्म समर्पण गर्नु, आज्ञापालन गर्नु । इस्लाम कुनै मानव रचीत् जीवन पद्धती होइन, न त कुनै व्यक्ति, समुदाय वा स्थानसँग जोडिएको धर्म हो । इस्लाम कुनै व्यक्ति, समुदाय, जाती वा समयको लागि धर्म होइन । इस्लाम सृष्टिकर्ताको तर्फबाट दिएको मानवजातीको प्रारम्भदेखि संसार रहुन्जेलसम्म समस्त मानवको लागी जीवन पद्धती हो । अल्लाह स्वयंले कुरआनमा भनेका छन् । “अल्लाहको दृष्टिमा दीन (धर्म) त इस्लाम मात्र हो तर जुन मानिसहरुलाई ईशग्रन्थ प्रदान गरिएको थियो तीनीहरुले ज्ञानको आगमन पश्चात एकअर्कामाथि अत्याचार गर्ने उद्देश्यले मतभेद गरे र जो अल्लाहको आदेशहरु अस्वीकार गर्छ (त्यसलाइ थाहा हुनुपर्छ) कि अल्लाह शिघ्र नै हिसाब लिनेवाला छन् ।” (कुरआन ३:१९)
निःसन्देह कुरआन इश्वरइी ग्रन्थ हो ।
कुरआन अल्लाहको किताब हो यसमा कुनै सन्देह छैन,यसको खुला प्रमाण यो हो कि यसमा कुनै विरोधाभास छैन अर्थात यसको कुनै कुराले अर्को कुरालाई काट्दैन जबकि यसमा ११४ वटा अध्याय (सुरह) हरु छन् र ६२३६ वटा आयतहरु छन् । यो कुरआन २३ वर्षको लामो अन्तरालमा अवतरण भएको हने । कुरआनमा धैरै किसिमका कुराहरु वर्णन गरिएको छ । आजको युगमा ज्ञान र विज्ञानमा वृद्धि गरे तापनि अहिलेसम्म कुरआनका कुनै कुराहरु गलत साबित भएको छैन ,जबकि मानव रचित पुस्तकहरुमा विरोधाभास र त्रुटीहरु हुन्छ र त्यसमा संसोधन पनि भइरहन्छ । यो सत्यतामा आधारित छ की मानव रचित लेखहरु त्रुटी र विरोधाभासबाट पवित्र हुन सक्दैनन् । कुरआन यसबाट अलग हुनुले यो पुष्टी गर्छ कि यो मानव रचित होइन , बरु ईश्वरइी ग्रन्थ हो । त्यसैले त्रुटीरहीत् छ । कुरआन ईश्वरइी ग्रन्थ हो यसको प्रमाण यो पनि हो कि मनुष्यले आजसम्म कुरआन जस्तो एक श्लोक पनि बनाउन सकेन । कुरआन अरबी भाषामा छ जसको भाषा शैली अद्भुत र उच्चस्तरको साहित्य रहेको छ । यो एउटा ऐतीहासिक तथ्य हो कि कुरआन स्वयमले मानवलाई संबोधन गर्दै यो चुनौती दिएको छ कि यदि तीमीहरुलाई यसमा कुनै शंका लाग्छ कि यो अल्लाहको किताब हो कि होइन भने सबै मिलेर यस जस्तो एउटै श्लोक बनाएर ल्याऊ । यस चुनौतीबाट अरबका ठुला–ठुला भाषाविदहरु स्वीकार गरे कि यो मानवले लेखेको होइन ।
कुरआन सम्पूर्ण मानवका लागि मार्गदर्शनको रुपमा अवतरित भएको छ । यसमा मानवलाई संबोधित गरेको छ, यो कुनै जाती विशेष, समुदाय र वंश विशेषलाई होइन । यसकारण इस्लाम सम्पुर्ण मानवको लागि हो । अतः प्रत्येक व्यक्तिले निष्पक्ष भएर इस्लामको अध्ययन गर्नुपर्छ ।
Rational & positve approach of Islam
इस्लाम अन्धविश्वासको धर्म होइन कि तपाई जुन धर्ममा जन्मिनु भयो त्यस्लाई नै मान्नु होस्, चाहे त्यस धर्मको कुरा बुझ्न सकियोस् वा बुभ्mन नसाकियोस् । बरु इस्लामले प्रोत्साहन गरेको छ कि तपाई यसलाई बुझेर मान्नुहोस् । कुरआन भन्छ, ब्रहमाण्डमा फैलिएका यी निशानीहरुमाथि विचार गर, शरिरभित्र जुन प्रणालीहरु चलिरहेका छन् त्यसमाथि विचार गर । यदि तीमी यस्तो गर्छैf भने तीम्रो हृदयले यसको गवाही दिनेछ कि यसलाइ सृष्टि गर्ने कुनै न कुनै एक सर्वशक्तिमान सत्य ईश्वर छन् र उनी नै पूज्य हुन् । यसकारण उनले दिइएको जीवन व्यवस्थालाई अँगालेर नै जीवन बिताउनु पर्छ ।
इस्लाम मानव प्रकृति अनुकुल छ ।
इस्लामको शिक्षा मानव प्रकृतीको अनुकुल छ । आदिकाल देखि आजसम्म जति पनि मानिसहरुको जन्म भएको छ सबैको प्रकृती एउटै छ । उनीहरुको इच्छाहरु प्नि समान छ । यसकारण सत्य ईश्वरले मानिसको प्राकृतीक इच्छा अनुसार जीवन प्रणाली दिएका छन् । उदाहरणको लागी यदि मानिसलाई भोक लाग्यो भने इस्लामले उसलाई कमाएर खानमा रोक लगाएको छैन । तर यो सिद्धान्त दिएको छ कि सहि तरीका बाट सम्पती आर्जन गर र सहि तरीकाले खर्च गर । हराम र नाजायज धनबाट आफ्नो पेट भर्ने न गर ।” त्यस्तै मानिसको अर्का इच्छा संभोग हो । इस्लाम ब्रह्मश्चर्य जीवनको घोर विरोध गर्दछ र प्रत्येक बालीग र सक्षम मानिसहरुलाई बिवाह गर्न आदेश दिन्छ । साथै यसको लागि यो पनि भन्छ कि इच्छा पूर्तीका लागि वैवाहिक संबन्ध बाहेक हरेक प्रकारका अनैतीक संबन्ध अवैध छन् ।
इस्लाम एउटा पुर्ण जीवन व्यवस्था हो ।
ईस्लाम ईश्वरको तर्पmबाट अवतरीत् एक पुर्ण जीवन व्यवस्था हो । यसले जीवनको प्रत्येक क्षेत्रमा विस्तारपुर्वक शिक्षा प्रदान गरेको छ, त्यो व्यक्तिगत जीवन होस वा सामाजिक र सार्वजनिक ,राजनितीक होस वा आर्थीक (इस्लाम प्रत्येक क्षेत्रमा हाम्रो लागि शिक्षा र व्यवस्था प्रदान गरेको छ । इस्लाम मुक्तिको लागि घर परिवार र समाज लाई छोडेर ब्रह्मश्चर्य जीवन बिताउन भन्दैन , जबकि समाजमा बसेर आफ्नो जिम्मेवारीहरु निर्वाह गर्दै समाज सुधारको लागि प्रोत्साहन गर्दछ ।
इस्लामले मानिसलाई मानिसको दासत्वबाट निकालेर एक अल्लाहको दासत्वमा डोयो{उँछ ।
इस्लामको एउटा ठुलो विशेषता हो कि यसले मानिसलाई मानिसको दासत्वबाट निकालेर सर्वशक्तिमान ईश्वरको दासत्वमा लगाउँछ । जसले एक अल्लाहको दासत्व स्वीकार ग¥यो उसले मुक्तिको लागि कुनै कथित देवी देवताको अगाडि टाउको झुकाउनु पर्दैन न त कुनै महाराज धिराजको अगाडि र न समाजिक चाल चलनको प्रवृतीमा नै बस्नु पर्छ । एक वाक्यमा भन्ने हो भने इस्लामले मानवलाई उचित स्वतन्त्रता दिन्छ ।
इस्लाममा समानता ।
इस्लामको आस्था अनुरुप संसारका सबै मानवहरु एउटै आमा बुवाका संतान हुन् । यस कारण यी सबै दाजुभाइ हुन् । चाहे ती कालो, गोरो, रङ्ग र वर्णमा भिन्नता ,वंश र देशमा अन्तर एवम् बेग्ला बेग्लै देशमा बस्ने किन न हुन् । यसमा कुनै सानो र ठुलो ,उँच निच र छुवाछुत केहि पनि छैन । सत्य ईश्वर अल्लाहको दृष्टिमा यदि कोही ठुलो छ भने त्यो मात्र अल्लाहको सत्य भक्त र उसको आज्ञाकारी हो ।
शिष्टाचारको सर्वाेत्तम शिक्षा
मानव शरिर र आत्माको संयोग हो । तर मानिसको वास्तविकता उसको आत्मामा नै बस्छ त्यही शरिरको महत्व पनि स्वयंसिद्ध छ । इस्लामले शारीरिक र भौतीक आवश्यकताहरु पुरा गर्नको निम्ति पनि एकदम राम्रो र सुन्दर सिद्धान्त दिएको छ तर आत्माको वृद्धिले नै मानव भित्र मानवता उत्पन्न हुन सक्छ । यसकारण इस्लामले शिष्टाचारको शिक्षामा प्राथमिकता दिएको छ । मानवलाई मानवता सिकाउने नैतीक शिक्षा कुरआनमा भन्दा बढि अरु कहिं पनि पाइदैन ,ईशदुत मुहम्मद (स.) ले भन्नु भइको छ, म शिष्टाचारको गुणलाई उत्तम सिमामा पुयाउनकोे निम्ति आएको हुँ । यसकारण कि मानव भित्रबाट बदलिएर उसमा सत्कर्म गर्ने प्रवृती उत्पन्न होस् ।
इस्लामी कानून र नैतिक सुधार ।
यसमा कुनै सन्देह छैन कि इस्लामको Civil and criminal Law एकदम कठोर छ । मानिसहरुले यस माथि आपत्ती पनि जनाएका छन । तर कहिलेकाहीं जब उनीहरु मानवको नैतीक सुधारको प्रयत्न गर्छन् त्यतिबेला आपैmFजबरजस्ती त्यहि कानुन कार्यन्वयन गर्न प्रोत्साहन गर्छन् ।
इस्लाम सन्तुलित जीवन व्यवस्था हो ।
इस्लाम एउटा संतुलित जीवन व्यवस्था हो जसले धर्म र संसारलाइ विभाजन गर्दैन । यस धर्ममा जुन शिक्षाहरु छन् त्यसमा यो संतुलन छ । जुन अधिकार ईश्वरको हो ईश्वरलाई प्रदान गर्नु र जुन अधिकार मानवहरुको निम्ति छन् त्यो मानवलाई प्रदान गर्नु । ईश्वरकोे अधिकार यो हो कि उनको पुजा र उपासना गरौ जसको लागि इस्लामले ५ समयको नमाज अनिवार्य गरेको छ । यदि उसको शरिर स्वस्थ्य छ भने वर्षमा एक महिना ब्रत बस्नु यदि उसको आर्थिक स्थिती राम्रो छ भने जीवनमा एक पटक मक्का गएर हज गर्नु त्यस्तै वर्षभरि एक खासस्तर भन्दा बढि धन आर्जन ग¥यो भने त्यसबाट २.५ प्रतीशत जकात दिनु ।
मानवमाशि मानवको अधिकार यो छ कि आफ्नो माता–पिता, पती–पत्नी, बालबालिका, परिवार, आफन्त, छिमेकी र समाजमा बसिरहेका मानिसप्रती उसको जुन नैतीक र आर्थिक जिम्मेवारीहरु छन् त्यसलाई पूरा गर्नुका साथै सदव्यवहार गर्नु । किनभने इस्लामको दृष्टिमा उत्तम र सुशिल मानिस त्यही हो जसको व्यवहार राम्रो छ ।
इस्लाममा महिलाको सम्मान ।
इतीहास साक्षी छ कि प्रत्येक समयमा पुरुषहरुबाट अत्याचारको ज्वालामा फँसिरहेका महिलालाई इस्लामले उनको असल अधिकार दियो । इस्लामले सबभन्दा पहिला महिलालाई सम्मान र अधिकार दियो । जतिबेला सती प्रथा छाउपडी प्रथा,र त्यो जस्ता थुप्रै अमानवइी कार्यमा संलग्न गराएर महिलालाई राखेको थिए । जुन अधिकार इस्लामले आज भन्दा १४३८ वर्ष पूर्व दिएको थियो । त्यो अधिकार आजको आधुनिक युगमा पनि कसैले दिन सकेको छैन । इस्लामले महिलाको हिफाजतको लागि केहि प्रतीबन्ध अवश्य लगाएको छ । तर त्यो प्रतीबन्ध उनकै फाइदाको लागि हो । र त्यस प्रतीबन्धबाट महिलाको उ्रन्नती र उत्थानमा कुनै बाधा र अडचन उत्पन्न हुँदैन ।
इस्लाममा क्षमा ।
इस्लामको विशेषताहरु मध्ये यो पनि हो कि इस्लामले ठूलो भन्दा ठूलो पापीलाई निराश गर्दैन । अल्लाह एकदमै दयावान, कृपाशिल र आफ्नो भक्तहरुको पापलाई क्षमा गर्ने वाला छन् । अल्लाह भन्छन् मानवबाट पाप र गल्तीहरु हुन्छन् तर यदि उसले अल्लाहसँग हृदयबाट क्षमा चाहन्छ र प्रायश्चित गर्छ भने उसलाई माफ गरिदिन्छु । संसारमा सबभन्दा ठूलो पाप यो हो कि आफ्नो पालनकर्ता सत्य इश्वर अल्लाहको साथमा कसैलाई समकक्षी बनाउनु ।अहिले संसारमा कतीपय मानिसहरुले आफ्नो सत्य इश्वर अल्लाह सँग कथित देवी देवातालाई समकक्षी बनाएका छन् ।अल्लाह भन्दछ यदि उनीहरुको मृत्यु यसै अवस्थमा भयो भने मैले कदापि उसलाइ क्षमा गर्ने छैन तर जीवन रहँदा नै मसंग आफुले गरेको पापको प्रायश्चित गर्याे भने म अवश्य उसलाई क्षमा गरदिनेछु । त्यसर्थ आऔँ हामीले गरेका पापको प्रायशिचत गरौं र मृत्यू पछिको जीवनमा आफ्नो ठाउँ सुनिश्चित गराऔं ।

DiscoverIslamNp

DiscoverIslamNP is specifically for Islamic education. The best way to provide authentic Islamic education through DiscoverIslamNP is to adapt to the will of Islam. The main goal of this site is to quench the thirst for Islamic knowledge and offer the right solution to various religious Problems.

Leave a Reply